प्रहरी र स्थानीयबासीबिच झडप हुदा डि.एस.पी सहित ७ प्रहरी घाइते – Nagarikabhiyan : National News

प्रहरी र स्थानीयबासीबिच झडप हुदा डि.एस.पी सहित ७ प्रहरी घाइते

रौतहट । रौतहटमा आइतबार राति सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको छ । झडपमा डी.ए.सपी सहित ७ जना प्रहरी घाइते भएका छन् ।

जिल्ला गरुडा नगरपालिका–२ गेडाही गुठी टोलमा भएको विवाहमा डिजे बजाएर भीड भाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो ।

त्यसरी सम्झाउन गएको प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगा मुढा र बाँसको लौरो प्रहार गरेका थिए ।

पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डीएसपी द्वारिका घिमिरेले भने स्थानीयले उनीहरूलाई घेरा बन्दी गरेपछि थप प्रहरी जाँदा आक्रमणनै भयो ।

उक्त टोलको तीन घरमा ठूलो आवाजमा डिजे बजाएको थाहा पाएर बन्द गर्न आग्रह गर्दा एक्कासी ढुगा प्रहार गरेको प्रहरीको भनाइ छ । झडपमा डीएसपी घिमिरेको टाउको र ढाडमा सामान्य चोट लागेको छ । त्यस्तै अन्य ६ जना प्रहरीहरु घाइ ते भएका छन् ।

प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरो’पमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई प्रहरीले पक्रा उ गरिसकेको छ