देवानगंजका युवाहरुले गरेको कामको जस जनप्रतिनिधि लिन आतुर , जनप्रतिनिधि भने ब्रहमलुटमा व्यस्त्त ! – Nagarikabhiyan : National News

देवानगंजका युवाहरुले गरेको कामको जस जनप्रतिनिधि लिन आतुर , जनप्रतिनिधि भने ब्रहमलुटमा व्यस्त्त !

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कोरोना भाइरस जोखिम नियन्त्रण गर्न जनप्रतिनिधिहरु कानमा तेल हालेर सुतेपछि स्थानीय युवाहरु आफैँ सकृयता देखाएका छन् ।

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दैँ स्थानीय युवाहरुको टीम फ्रन्ट लाइनमा खटीने सुरक्षाकर्मीहरुलाई प्रत्यक्ष भेटेर खानेकुरा सहित माक्स, सेनिटाइजर र फेस सिल्ड वितरण गरेका छन् ।

उनीहरुले फ्रन्ट लाइनमा खटीने सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री लगायत केही खानेकुरा लिएर आफुहरु गएको भएपनि अहिले काममा तेल हालेर सुत्ने जनप्रतिनिधि आफु जस लिन विभिन्न मिडियामा गुहार गरेर समाचार प्रकासन प्रशारण गर्न लगाएको सकृय युवा टीमको आरोप छ ।

देवानगञ्ज गाउँपालिकाका केही युवाहरुले टीम बनाई आफ्नो गाउँ, आफैँ सुरक्षित गरौँ भन्ने उदेश्यका साथ जनप्रतिनिधि सुतेको बेला अगाडी आएपनि युवाहरुलाई उल्टै घर नघाटको बनाउन लगोको आरोप छ ।

देवानगञ्ज गाउँपालिकाका गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता, वार्ड नं. १ का वडाध्यक्ष सुर्यनाराण पाल , देवानगञ्ज–६ का वडाध्यक्ष देवनारायण मेहता , वार्ड नं. ३ का वडाध्यक्ष अनिल भगत वडा नम्बर ५ का वडा अध्यक्ष असोक यादव लगायतका जनप्रतिनिधिहरु सुरुमा कानमा तेल हालेर सुतेको कारण अहिले देवानगञ्ज गाउँपालिकामा कोरोना संक्रमितको दर दिनानुदिन बढ्दै गएको स्थानीय यूवा नेता राकेश यादबको भनाई रहेको छ ।

जनप्रतिनिधिहरुले सुरुमा कोरोना भाइरसलाई मजाकको रुपमा लिएपछि केही वडाहरुमा भोज भतेर र विवाह ब्रतबन्ध हुने क्रम जारी रहेको थियो । सो भोज भत्तेरमा बाहिरको मान्छे नआउने कुरै रह्दैन, सिमानाका नजिक रहेका कारण नेपाल भारत गर्ने व्यक्तिको संख्या उतिकै छ ।

त्यसकारण देवानगञ्ज गाउँपालिका वार्ड नं. ६ मा कोरोना संक्रमित बढ्नु स्वभाविक हो । वार्ड नं. ६ मा पहिलो पटक कोरोना भाइरस संक्रमित विरामी फेला परेको पुष्टि भएपनि कानमा तेल हालेर सुत्ने वार्ड नं. ६ का वडाध्यक्ष देवनारायण मेहताको हाल सम्म ध्यान पुग्न सकेको छैन ।सम्बधित निकाय गैर जिमेवार हुदाँ अहिले देवानगंज गाउँपालिका वडा नम्बर ६ मा सब भन्दा बढी संक्रमित रहेको र दुई जनाको मृत्यु समेत भइसको छ ।

वडाध्यक्ष मेहताले विभिन्न योजनामा कमिशन मागेको र कमिशन नदिने व्यक्तिहरुलाई कुनै काम नदिएको आरोप छ । उनले प्रायजसो आफ्न्त नातागोता र पार्टीका मान्छेलाई मात्र विकास निर्माणको काम दिने गरेको पाइएको छ ।

वडा अध्यक्ष मेहताले यूवाहरुले संचालन गरेको अभियान आफुले वडाबाट संचालनगरेको बताउदै आएको छ । वडा अध्यक्षले गाउँपालिकामा बसेको सर्बदलिय बैठकमा सो अभियान आफुले संचालन गरको बताउनु भयो । यसले पनि प्रष्ट हुन्छकि यूवाहरुले गरेको कामको जस जनप्रतिनिधिहरुले लिइ रहेको छ ।

यता सोही बिषायमा प्रतिकृया लिन खोजदाँ वडा अध्यक्षहरु सम्र्पकमा आउन चाहेन ।