नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन मदिरा बरामद
२० जेष्ठ २०७८, बिहीबार २०:०९
पर्सा । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका २ भिक्ष्वा बञ्जारी नाका हुँदै अवैध रुपमा लगिरहेको मदिरा आज दिउसो बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरलाई सोही स्थानको दशगजा क्षेत्रमा रोकेर चेकजाँच गर्दा कस्तुरी नामको ३ सय कार्टुन मदिरा फेला पारेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
ट्रयाक्टर समातिए पनि चालक प्रहरीलाई देख्ने बितिक्कै फरार भएको उनले बताए ।
मदिरासहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । ट्याक्टर धनी तथा फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया