छिन्नमस्ता गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
२० जेष्ठ २०७८, बिहीबार १७:१६
राजविराज । कोभिड १९ को दोश्रो लहरबाट प्रभावित सप्तरीको छिन्नमस्ता गाउँपालिका स्वास्थ्य चौकीलाई आज स्वास्थ्य सामग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीको साँझेदारीमा आज राजविराजमा आयोजित एक समाहरोका बिच जिल्लाको छिन्नमस्ता गाउँपालिकामा रहेका चार वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
सो क्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले छिन्नमस्ता गाउँपालिकाका चार वटै स्वास्थ्य चौकीका इन्चार्जलाई स्वास्थ्य सामग्री प्रदान गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत बिदया मण्डलले जानकारी दिनुभयो । अयोजित कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य चौकीका लागि पिपिई १३ वटा, २ सय ३२ जोडी गोल्पस,४० बोतल हेन्डवास लिकियुडडिटोल,२० वटा साईनिटाईजर र ८०० सय पिस सर्जिकल माक्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको सेभ द सप्तरीले जनाएको छ । उक्त गाउँपालिकाका लागि करिब रु ९३ हजार ८ सय ८० रुपैयाको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
कोरोनाको माहामारीका कारण प्रभावित रहेका समुदायमा यसको प्रयोग गरेर प्रभावकारी उपचार गर्ने उदेश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको जनाइएको छ । यहाँ प्रदान गरिएको स्वास्थ्य सामग्रीबाट आमसमुदायमा हित हुने गरि गर्ने स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य सामग्री बितरण समहारो कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव,सचिव नरेन्द्र प्रसाद यादव,कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,पिल्ड अधिकृत बिष्णुकान्त देव,बिदया मण्डल र सुपरभाइजर मनिता घिमेरै साथै छिन्नमस्ता गाउँपालिकाका ४ वटै स्वास्थ्य चौकीका इन्चार्जहरुको सहभागिता रहेको थियो । सो क्रममा बरहीबिरपुर स्वास्थ्य चौकीका इन्चार्ज सरिता झा,सखडा स्वास्थ्य चौकीका अजय मिश्र,ललापटी स्वास्थ्य चौकीका सुशिल मण्डल र कोचाबखारी स्वास्थ्य चौकीका इन्चार्ज राजाबाबु मेहता समेतको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया