खेल्न गएका दुई बालक पानिमा डुबदा मृत्युु
१८ जेष्ठ २०७८, मंगलवार १२:२१
महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डु’बेर एकैघरका दुई जना बालकको मृ’त्यु भएको छ।
मृ’त्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्।
घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृ’त्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।दुबै बालकको श’व पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घ’टनाको बारेमा थप अनुसन्धान गरी सत्य तथ्य छिटैनै बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी गराएको छ।
यो पनि पढ्नुहोस
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।
ती मध्ये १ सय १४ वटा भरिएका र १६ खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका १ सय ३० वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा १ सय ८० वटा सिलिन्डर सोमबार को’भिड अस्पताल र स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको जानकारी आएको छ ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको नेपाल प्रहरीका प्रवक्ताले जानकारी दिएका छन्।
नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ३ सय ५० वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया