प्रधानमन्त्री ओली र ठाकुर-महतो मिलन : कुर्सीको लोभमा जन्मिएको सत्ता-समीकरण
१७ जेष्ठ २०७८, सोमबार ११:५०
काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए । ८ जना मन्त्री र २ जना राज्यमन्त्रीमा सम्झौता गरेर मधेशी समुदायलाई धोका दिन्दैछन ! सत्ता लोलुपताले निर्माण गरेको समीकरण टिक्नेमा भने विश्वास गरिहाल्ने स्थिति छैन।
‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक देखिनुभयो, हामी पनि उहाँप्रति सकारात्मक भएका हौँ, ८ मन्त्री र २ राज्यमन्त्रीमा कुरा भएकाले त्यसबारे नेताहरूले छलफल गरिरहनुभएको छ,’ ठाकुर निकट नेताले भने । तर मधेश राजनीतिका जानकारहरुका अनुसार यो बन्न लागेको गठबन्धन ओली र ठाकुर समुहको मात्रै नभएर कुनै अदृश्य शक्तिले मिलाउने प्रयास गरेको अनुमान लागौं सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया