कुकुरमा पाइने कोरोना भाइरस मानिसमा पनि देखियो, यसो भन्छन् वैज्ञानिकहरु ? – Nagarikabhiyan : National News

कुकुरमा पाइने कोरोना भाइरस मानिसमा पनि देखियो, यसो भन्छन् वैज्ञानिकहरु ?

क्वालालम्पुर। मलेसियामा कुकुरमा पाइने कोरानो भाइरस मानिसमा पाइएको छ । मलेशियाको एउटा अस्पतालमा भर्ना भएका निमोनियाका ८ जना विरामीमा उक्त भाइरस फेला परेको हो ।

वैज्ञानिक भाषामा यसलाई केनाइन भाइरस भनिन्छ । अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा समुहले उक्त कुरा पत्ता लगाएका हुन् ।वैज्ञानिकका अनुसार केनाइन भाइरस सार्स काभ–२ भन्दा फरक छ । कोरोनालाई चार भागमा बाँडिएको छ, जसलाई अल्फा, बीटा, गामा र डेल्टा भनिन्छ ।

संसारभरीमा संक्रमण फैलाउने कोरोना बीटा कोरोना भाइरस समूहसंग सम्बन्ध राख्छ भने केनाइन भाइरसको सम्बन्ध अल्फा कोरोना भाइरस समुहसंग रहेको छ ।

करीव ५० वर्षदेखि वैज्ञानिकलाई केनाइल भाइरसको जानकारी छ । रिपोर्टका अुनसार निमोनियाबाट पिडित ८ विरामीमा केनाइन भाइरस देखिएको छ ।

ती मध्ये ७ दोस्रो किसिमको भाइरसबाट पनि संक्रमित थिए, जसमा एडीनोभाइरस, इन्फ्लुएन्जा र पेराइनफ्लुएन्जा भाइरस समावेश छन् ।

वैज्ञानिकहरु भन्छन् –‘यी सबै भाइरसहरु निमोनिया हुनुको कारण पैदा हुन्, त्यसैले रोगको कारण केनाइन भाइरस हो भन्नु गलत हुन्छ ।’

मलेशियाका विरामीबाट यो अरु मानिसमा फैलन्छ कि ? भन्ने वैज्ञानिकमा त्रास उत्पन्न भएको छ ।

तर सन् २०१७ र २०१८ मा देखिएका केसहरुलाई ध्यान दिँदा उक्त संक्रमण फैलन र नयाँ महामारी बन्ने खतरा कम रहेको बताइन्छ ।

खबर सेन्टर बाट