अग्रज मिडियाकर्मी चन्द्र न्यौपानेको कोरोनाका कारण निधन
१४ जेष्ठ २०७८, शुक्रबार ०९:५४
इटहरी । ब्रोडकास्टिङ एशोसिएसन नेपालका अध्यक्ष तथा बिज्ञापन बोर्डका सदस्य तथा अग्रज मिडियाकर्मी चन्द्र न्यौपानेको कोरोनाका कारण निधन भएको छ । सञ्चार तथा मिडियाका क्षेत्रमा आफ्नो जिवन समर्पित गरेका न्यौपानेको अल्पायुमै निधन भएको हो ।उनको उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा आज बिहान साढे ८ बजे निधन भएको हाे ।
इटहरीको सबैभन्दा पुरानो एफ एम सप्तकोशी एफ एमका स्टेशन म्यानेजर सहित रहेका न्यौपाने बौद्धिक,कृयाशील र प्रेरणादायी व्यक्तित्व समेत थिए ।
मिडिया कर्मि चन्द्र न्याैपाने प्रति नागरिक अभियान डटकम परिवारकाे तर्फबाट हार्दिक श्रद्धाञ्जलि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया