देवानगञ्जको दुईवटा वडा सिल गर्ने निर्णय
१२ जेष्ठ २०७८, बुधबार १६:१३
देवानगञ्ज । सुनसरीको सीमावर्ती देवानगञ्ंज गाउँपालिकाको दुईवटा वडा सिल गर्ने निर्णय गरेको छ । जेठ १२ गते कोरोना संक्रमण दिनदिनै बढेको र थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी देवानगञ्ंज गाउँपालिकाको दुईवटा वडा सिल गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको आकस्मिक बैठकले बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि देवानगञ्ज गाउँपालिका वडा नम्बर २ र ६ लाई सिल गरिने निर्णय गरेको छ । भोलि राति १२ बजे देखि लागु हुने गरी दुइटै वडा सिल गर्ने निर्णयमा उलेख गरिएको छ ।
देवानगञ्ज गाउँपालिकामा बसेको सर्वदलिय बैठकले समेत निर्णयलाई कार्यान्वयन गर्ने प्रतिवद्धा सहितको निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले जानकरी दिनुभयो । देवानगञ्जमा हालसम्म तीन जनाको मृत्यु र संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया