मोदीसँग सम्बन्ध विग्रने डरले प्रधानमन्त्री ओलीले यसरी रोके संविधान संशोधन, देउवा भए ‘कलंकित’ – Nagarikabhiyan : National News

मोदीसँग सम्बन्ध विग्रने डरले प्रधानमन्त्री ओलीले यसरी रोके संविधान संशोधन, देउवा भए ‘कलंकित’

वीरगञ्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्ध टुट्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव रोकेको खुलेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले मोदीसँगको सम्बन्ध टुट्ने डरले प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव रोकेको गरेका छन् । रेडियो सान्भीको कार्यक्रम “सवाल जवाफ” मा कुराकानी गर्दै नेता पौडेलले मोदीसँगको डरले प्रधानमन्त्री केपी शर्मा ओली नै हिजो संविधान संशोधनको कार्यसूची नल्याएको बताए ।

संविधान संशोधनका काँग्रेसले किन छलफलका लागि समय मागेर ढिलाई गरेको भन्ने सवालमा नेता पौडेलले “नेपालको संविधान संशोधन गर्न नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्नुपर्छ भनेर कहाँ लेखेको छ, के सरकारका मन्त्री काँग्रेसका प्रवक्ता हुन् ?” भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले भने “बरु भएको के हो भने, प्रधानमन्त्री आफैले मेरो मोदी जी सँग संवाद हुने परिस्थिती बन्दैछ, त्यसैले संसदबाट यो तत्काल पास ग¥यौ भने मोदीसँगको संवाद टुट्छ, त्यसैले मलाई केही समय चाहिएको छ भनेर उहाँले हाम्रो सभापतिलाई भन्नु भएको हो, हामीसँग सूचना छ ।” द नेपालटपबाट