ओलीलाई विश्वप्रकाशको जवाफ ‘सौ चुहे खा के बिल्लि चलि हज कोझ भन्ने कहावत यहाँकै लागि रहेछ नि’
१० जेष्ठ २०७८, सोमबार ०८:५५
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्टाी प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई उनकै शैलीमा जवाफ दिनु भएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथमा लागेजस्तो छ भनेपछि प्रवक्ता शर्माले जवाफ दिएका दिनु भएको हो । कांग्रेस प्रवक्ता शर्माले आज बिहान ट्वीटमार्फत ओलीको आरोपमाथि टिप्पणी गरेका हुन् ।
आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ भन्नु भएको थियो । त्यसको जवाफ शर्माले टुईटमार्फत दिनु भएको छ ।
‘सौ चुहे खा के बिल्लि चलि हज को’ भन्ने कहावत यहाँकै लागि बनेको रहेछ नि’, शर्माले ट्विटरमा लेखेका छन्, ‘ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ! हिजो प्रचण्डसँग पार्टीकै ‘एकता’ निकै गौरवसँग गर्नुभएको थियो। आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, ए प्रचण्डपथमा पो लाग्यो?’

फेसबुकबाट तपाईको प्रतिक्रिया