‘लकडाउन अवधिलाई शून्य समयको मान्यता’ – Nagarikabhiyan : National News

‘लकडाउन अवधिलाई शून्य समयको मान्यता’

काठमाडौं । सर्वोच्च अदालतले जारी लकडाउनको अवधिभरलाई शून्य समयको मान्यता दिने भएको छ ।

सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको लकडाउनको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने फैसला गरेको हो ।

नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै १९ न्यायाधीशको उपस्थिति भएर बृहत् पूर्ण इजलासले लकडाउन अवधिलाई शून्य समयको मान्यता दिने र लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला सुनाएको हो ।