आज मात्र ८८४४ जना कोरोनाबाट निको ,८९८० जना संक्रमित थपिए – Nagarikabhiyan : National News

आज मात्र ८८४४ जना कोरोनाबाट निको ,८९८० जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० मा कोरोना पुष्टि भएको छ भने ८८४८ जना संक्रमणमुक्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ को पीसीआर परीक्षणमा र ७४८ जनाको एन्टिजेन परीक्षणमा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८८४८ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसै गरी थप १२९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५६ पुगेको छ ।