आज थप ८ हजार ३०५ संक्रमित थपिए, १ सय ९० जनाको मृत्यु
६ जेष्ठ २०७८, बिहीबार १८:५८
काठमाडौं । आज नेपालमा ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने कोरोना संक्रमणबाट १ सय ९० जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन्।
त्यसैगरि संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ। उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया