निषेधाज्ञामा बन्द भएन लघुवित्त संस्थाको किस्ता उठाउने धन्दा, सम्बन्धित निकाय मुख दर्शक – Nagarikabhiyan : National News

निषेधाज्ञामा बन्द भएन लघुवित्त संस्थाको किस्ता उठाउने धन्दा, सम्बन्धित निकाय मुख दर्शक

देवानगंज ।  सुनसरीको विभिन्न पालिकामा लकडान भएको तीन साता वितेको छ , यो बीचमा सबै भन्दा बढी जोखिमको काम गर्ने र भेला जम्मा गर्ने काममा लघुवित्त संस्थाहरुले आफ्नो कार्यशैलीमा कुनै सधुार नगरेको पाइएको छ । गरिब, विपन्न परिवारलाई धम्काएर पनि लघुवित्त संस्थाहरुका कर्मचारी गाउँघरमा गाई रकम उठाउने गरेका छन् । गाउँघरमा भेलाजम्मा हुने गरी काम नगर्न भनिएकोमा उनीहरु भने जान छोडेको देखिदैन । सुनसरीमा कोरोनाको संक्रमण भयावह भइरको बेला लघुवित संस्थाहरुले यसको पूर्ण उल्घंन गरिरहेको पाइएको छ । आजै मात्र बिहान देवानगंज गाउँपालिकामा रहको छिमेकी लघुवित्त संस्थाका एक जना महिला कर्मचारी गाउँमा घरघरमै गएर रकम संकलन गरिहेको थियो ।

स्थानीय प्रशासनले लकडाउन गरे पनि यसको खासै प्रभाव सुनसरीको ग्रामीण भेगमा देखिएको छैन । स्थानीयमा त्रास भए पनि केही स्थानीयहरुका कारण सिंगो गाउँनै कोरोनाको जोखिममा रहेको भोक्राहा नरसिंहका स्थानीय अमित मेहता बताउनुभयो ।

हरिनगर स्थानीयका अनुसार आफुहरु घर भिर रहेपनि लघुवित्त संस्थाका कर्मचारीहरु किस्ता संकलन गर्न घरमै आउने गरेका छन् । सरकारले घरमै किस्ता संकल गर्न आउदाँ कर्मचारीबाटै पनि सर्न सक्ने भएकाले कोरोनाको जोखिमलाई मध्यनजर गरी अनावश्यक नगर्न निर्देशन जारी गरेको छ । एकातिर आम्दानी गर्ने श्रोत नभएको, दुध, साग , तरकारी विक्रि गर्न नपाएको बेला किस्ताको तनाव र अर्कोतिर कोरोना सर्ने वा बढने चिन्ताले सताएको स्थनीय रुवि यादवले बताउनुभयो । ड्रिपोस लघुवित्त, छिमेक विकास ,जिवन विकास, फरवाड, ग्रामिण विकास लगायतका नाममा लघुवित्तहरु रकम असुली किस्ताको नाममा उठाउने गरेकोले कोरोना जोखिम बढेको यादवको भनाई छ ।

उता सुनसरीका ग्रामीण बाजारहरु र गाउँघरका पसलहरुमा अहिले पनि भिडाभाड उस्तै रहेको देखिन्छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार अहिको अस्थामा लघुवित्त संस्थाहरुले घरघरमै गएर आफनो कार्यक्रम संचालन गर्न नपाउने प्रतिकृया दिनुभयो । वहाँले यसो भने पनि यसको नियम विपरित केही लघुवित्त वित्तिय संस्थाहरुले सुनसरीमा गाउँघर मै गएर किस्ता संकलन गरिहेको देखिएको छ । सुनसरी प्रशासले समेत संगोलमा निर्णय गर्दा यस्तो भएको जनकारहरुको भनाई रहको छ । सुनसरी प्रशासनले बैकं तथा वित्तिय संस्थाकहकमा कार्यलाय खुला रहने निर्णाय गरे पनि लघुवित्त संस्थाको काम नै फिल्डमा गएर किस्ता बचत संकलन गर्ने रहेकोले यस्तो कार्य नरोक्एिको बताईन्छ ।