उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु – Nagarikabhiyan : National News

उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

राजविराज। सप्तरीको उतरी भेगमा रहेको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।
विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररर्थ उहाँको अस्पतालमै मृत्यु भएको कंचनरुप नगरपालिका निवासी उतम अचार्यले जानकारी दिनुभयो ।
दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परिक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताउनुभयो ।
गर्भवती समेत रहेकी उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरि आईसियुमा राखेका थिए ।
३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालिएको थियो ।वच्चाका कारण पनि उहाँलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले भनाई छ ।
उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भन्टिलेरमा सारिएको थियो । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरा छन् ।योसहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।