राजविराजमा अक्सिजनको हाहाकार
३ जेष्ठ २०७८, सोमबार १९:२१
राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुदा समस्या उत्पन भएर अहिले अक्सिजनको हाहाकार भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको एचडीयुमा २५ जना,आकस्मिक कक्षमा २० जना र साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा रहेको कोभिड अस्पतालमा १६ जना कोरोना संक्रमित चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छन् ।
ति अस्पतालमै उपचार गराइरहेका ६१ मध्ये ४७ जनालाई अक्सिजन आवश्यक भए अनुसार लगाइएको अस्पतालका मेडिकल सुपरिटेन्ट डा. रंजीत कुमार झाले बताउनुभयो ।
उहाँले भन्नुभयो तत्काल अक्सिजन व्यवस्था भएन भने ठूलो खतरा हुन सक्न छ ।’ ‘गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनका ११० वटा सिलिण्डर छन् । तीमध्ये खाली भएका २४ वटा सिलिण्डर आज बिहानै दुहबीस्थित डिपोमा पठाएका छौं,’ उहाँले ‘तर त्यहाँको डिपोले भर्न इन्कार गरेपछि अस्पतालमा अक्सिजनको हाहाकार भएको हो ।’
यस विषयमा प्रमुख जिल्ला अधिकारीले डिपोमा फोन गरिसकेको तर पनि अक्सिजन भर्न नमानेको डा. झाले बताउनुभयो । डिपोले तीन दिनपछि मात्रै अक्सिजन उपलब्ध गराउने जानकारी दिएको उहाँले बताउनुभो ।
तत्कालै अक्सिजन उपलब्ध नभए अस्पतालमा उपचार गराइरहेका बिरामीको अवस्था नाजुक हुने बताउदै डिपोले एक्कासी तीन दिनपछि अक्सिजन दिने बताउँदा ‘अहिलेसम्म भर्ना भएका सबै कोरोना संक्रमित अक्सिजनकै भरमा रहेको जानकारी दिनुभयो ।
भर्ना भएका सबै कोरोना संक्रमित उनीहरुलाई धेरै समस्या भइरहेको भन्दै अक्सिजनको चरम अभावतर्फ ध्यान दिन र उपलब्ध गराइदिन उहाँले सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ ।
अहिले अस्पतालको एचडीयू कक्षमा २५ जना, आकस्मिक कक्षमा २० र साईकृष्णा मेडिकल कलेज भवनमा रहेको कोरोना अस्पतालमा १६ जना गरी ४७ जना उपचार गराइरहेकोमा ४७ जना अक्सिजनकै सपोर्टमा छन् ।
यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकामा थप एक जना सहित दुई जनाको मृत्यु भएको भने कोरोनाका कारण मृत्युको संख्या ८ पुगेको छ ।
बिराटनगर स्थित नोबेल अस्पतालमा तिन दिनदेखि उपचारार्थ कञ्चनरुप नगरपालिका वडा न.–९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाले जनाए अनुसार आज बिहान ४३ बर्षिय पुरुषको मृत्यु भएको हो ।
यो सहित कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ८ पुगेको छ । यता जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ जना पुगेको छ ।
कञ्चनरुप नगरपालिकामा हाल १ सय ५६ जना कोरोना संक्रमित रहेको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । आइतवार मात्रै संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुरुष र वडा नम्बर ९का ६७ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया