देवानगंज गाउँपालिकामा ज्वरो र रुघाखोकिको विरामी बढदै, कोरोना भयावह हुने जोखिम – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकामा ज्वरो र रुघाखोकिको विरामी बढदै, कोरोना भयावह हुने जोखिम

देवानगंज ।  सुनसरीको ग्रामीण भेगका चिया पसलमा बिहानै स्थानीयहरू एकरएक गरी जम्मा हुन्छन् । न कसैले मास्क लगाएको हुन्छ । न बस्दा दूरी कायम गर्छन् । सबैजसो गाउँका चिया पसलमा कोरोनाको वास्तै नगरी स्थानीय गफिँदै गरेका भेटिन्छन् । देवानगंज गाउँपालिकाको मुख्य बाजारमा लकडाउनको प्रभाव देखिए पनि गाउँ घरमा यसको खासै प्रभाव देखिदैन । जव देवानगंज गाउँपालिका कोरोनाको उच्च जोखिमा रहेको देखिन्छ ।

देवानगंज गाउँपालिकामा संचालनमा रहेको क्लिनिकहरुमा ज्वोर, रुघा खोकि, टाइफाइटका बिरामि अत्याधिक रहेको देखिन्छ । तर स्थानियहरुमा जन चेतना नहुदाँ समेत कोरोना परिक्षण गराउदैन । स्थानिय स्तरमाका क्लिनिकहरु समेत जनताको स्वास्थय माथि खेलवाड गरि रहेको छ । पैसा कमाउने चकरमा स्थानियहरु लाई गुमराहामा पारि ठगी रहेको देखिन्छ । चिकित्सकहरुका अनुसार कोरोना संक्रमितमा समेत टाफाइड हुने गरेको चिकित्सकहरुकै भनाइ रहको छ । तर यहाँ त्यस्तो  खालको विरामी घरघरमा रहेको देखिन्छ ।

केही दिनअघि देवानगंज गाउँपालिकामा ३० जनाको कोरोना परीक्षण गर्दा १३ जनामा पोजिटिभ देखियो । कोरोना पुष्टि भएपछि  पनि अहिले त्यहाँ स्थानियहरु समूहमा घरबाहिर हिँडडुल गरिरहेका छन  । थुप्रै स्थानीयमा कोरोना पोजिटिभ भएको थाहा पाएपछि पनि स्वास्थ्य मापदण्ड पालना गर्ने तर्फ कोही पनि सचेत नभएको स्थानीय निराजन झाले बताए ।

ग्रामीण भेगका स्थानीय मास्क नलगाउने र भौतिक दूरीको मतलबै नगरी समूहमा हिँडडुल गरिरहेकाहरू कसैलाई कोरोना लागेको छैन भन्दै निषेधाज्ञाको बेवास्ता गरिरहेको पाइन्छ । एक जना गाउँमै भोज खाएको र भोलि पल्ट कोरोना  संक्रमणका कारण मृत्युनै भयो  । त्यस पछि पनि स्थानियमा कुनै सचेताना देखि दैन  यसको एयटै कारण छ स्थनियमा सचेतना नहुनु ।

भीड जम्मा नगरी विवाह भोज आयोजना नगरीकन लकडाउनको समयमा गाउँघरतिर केटाकेटी समूह बनाएर भलिबल, क्रिकेटलगायत खेलेकै हुन्छन् । बुझ्ने अभिभावकले भीडभाडमा बच्चालाई नजान भने पनि अधिकांश अभिभावकहरू काममा व्यस्त हुनाले केटाकेटी के गरिरहेको बारे ध्यान पुर्‍याएको हुँदैन । जब बच्चा बिरामी हुन्छ, त्यसपछि के भयो भनेर बुझ्ने हुनाले कोरोनासंँग मिल्दो ज्वरो, रुघाखोकीलगायतका बिरामीको संख्या टोलटोलमा धेरै रहेको स्वास्थ्यकर्मी रामखेलन मेहताले बताए ।

देवानगंज गाउँपालिका मात्र ४० जना भन्दा बढी संक्रमित रहेको भए पनि यस्को उचित व्यवस्थापन हुन सकेको छैन । स्थानिय सरकार पुर्ण रुपमा असफ भएको स्थानियहरुको गुनासो रहेको छ ।