सर्लाहीमा छतबाट खसेर एक महिलाको मृत्यु – Nagarikabhiyan : National News

सर्लाहीमा छतबाट खसेर एक महिलाको मृत्यु

सर्लाही । सर्लाहीमा छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–५ की ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो साँढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् ।