कञ्चनरुप नगगरपालिका शिल
३१ बैशाख २०७८, शुक्रबार १९:२९
राजविराज । सप्तरीको पुर्वी उतरी भेगमा पर्ने कंचनरुप नगरपालिकामा दैनिकरुपमा कोरोना भाइरस तिव्ररुपमा बढी रहेको भन्दै नगरपालिका आजदेखि सिल गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी)को आज बसेको बैठकले कञ्चनरुप नगगरपालिका शिल गर्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
सो बसेको बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबभन्दा संक्रमणदर बढ्दो देखिएकोले सबै वडाहरु सिल गरेर आवतजावत नियन्त्रण गर्ने निर्णय भएको प्रजिअ पोखरेलले बताउनुभयो ।
बिहीबार मात्रै उक्त कंचनरुप नगरपालिकामा ४८ जनाको पीसीआर जाँच गर्दा ३७ जनामा कोरोना संक्रमित पाइएको थियो ।
कञ्चनरुप नगरपालिकामा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय २५ जना पुुगेको छ । संक्रमितमध्ये सबभन्दा बढी कञ्चनरुप नपा–८को ७५ जना रहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यालयका अनुसार कञ्चनरुप नगरपालिकाको वार्ड नम्बर एक बाहेक सबै वडामा कोरोना संक्रमित भएको बताइएको छ । कोरोनाका कारण कञ्चनरुप नगरपालिकामा मात्रै ५ जनाको अहिले सम्म मृत्यु भइसकेको जनाइएको छ ।
बिहिवार कञ्चनरुप न.पां भित्रका तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा ब्यापक रुपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रणका लागी एक सप्ताह स्वास्थ्य सेवा वाहेक सम्पुर्ण सेवा बन्द गरेको छ ।
कञ्चनरुप नगरपालिकाले बिहिवार एक सूचना निकाल्दै नगर क्षेत्र भित्रका मालपोत कार्यालय , नापी कार्यालय, बिद्युत प्राधिकरण, वित्तिय संघ संस्थाहरु लगायत बैशाख ३१ गते देखि जेष्ट ६ गते सम्म बन्द राखी कोभिड—१९ कोरोना भाईरस रोकथाम गर्नमा सहयोग गरि दिन सहितको सुचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया