सानो तर महत्वपूर्ण आग्रह पालिकालाई – Nagarikabhiyan : National News

सानो तर महत्वपूर्ण आग्रह पालिकालाई

हिलेको त्रासपूर्ण स्थिति यसलाई कम गर्ने उपायको खोजि स्थानिय तह बाटै गरोैँ । पालिका भित्र Oxygen सहितको COVID Hospital स्थपना गरोैँ । स्थानिय तहमा यसो हूँदा स्थानिय जनता आफ्नै ठाउँमा उपचार र सहि सुचना, स्वच्छ हवा, ताजा खानपिन पाए भने व्यक्तिको मनोस्थिति पनि उच्च रहने हुन्छ  physically weak भाको बेला पनि mentally strong हुनैे पर्ने हुन्छ जसका कारण हद सम्म धेरै रोग बाट बाँच्न सकिन्छ ।

मानसिक रुपमा कैयोैँ मानिसहरु कमजोर देखिने प्रकिया रहेकाले यस बेला सकेसम्म आफ्ना वरपरकाहरुसँग वर्तालाप तथा सद्भाव कायम गर्ने र एक-अर्कालाई सकेसम्म आपतमा सहयोग/सचेत गरोेेैँ ।  सहरका अस्पतालका वतावरणले पनि धेरैको ज्यान जोखिममा छ ।

त्यसैले गाउँ स्तरमै उपचारको व्यवस्था मिलाईयोस् । स्वास्थिय संस्था Ambulance अनि जनप्रतिनिधिहरुका फोन नम्बरहरु सबैका पहुचमा होस् ताकि चाहिएका बेला आवश्यक सुझाब, सल्लाहा, प्रतिक्रया र उपचार पाउन सकिन्छ । स्वास्थ्यकर्मी/ मनोचिकित्सक, सुरक्षाकर्मी र संकट व्यवस्थापनमा खटिने प्रतिनिधि तथा स्यंसेबकहरुलाई मनदेखिनै सम्मान गरोैँ । बिहानको समयमा बजार खुल्ला गर्नाले पनि आवश्य मानिसहरु एकै समयमा हाट-बजारमा भिड हुने देखिएकाले विभिन्न समय र विभिन्न ठाऊ तोकि स्थानिय सरकारको निर्देसनमा  हाट-बजार सन्चालन र व्यव्सस्थित गरियोस्/गराइयोस् ।

विश्व स्वास्थ संगठन(WHO) ले दिएका निर्देशन पालाना गरोैँ । हामी आ-आफ्नो ठाउँबाट सजग र स्वस्थ रहोैँ ।