भारतमा एकैदिन चार हजार २०५ सङ्क्रमितको मृत्यु – Nagarikabhiyan : National News

भारतमा एकैदिन चार हजार २०५ सङ्क्रमितको मृत्यु

काठमाडौं । भारतमा एकैदिन चार हजार २०५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा दत्र्ता भएको मृतकको संख्या महामारी सुरु भए यता हालसम्मकै उच्च हो । यसअघि गत् शुक्रबार एकैदिनमा सबैभन्दा बढी चार हजार १८७ सङ्क्रमितको मृत्यु भएको थियो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ४८ हजार ४२१ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अबधिमा तीन लाख ५५ हजार ३३८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ९३ लाख ८२ हजार ६४२ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म दुई करोड ३३ लाख ४० हजार ९३८ जना सङ्क्रमित भएका छन् । हाल ३७ लाख चार हजार ९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा थपिएका मृतकसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । गत् जनवरी महिनामा खोप कार्यक्रम सुरु भए यता हालसम्म १७ करोड ५२ लाख ३५ हजार ९९१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।गोरखापत्र अनलाइन