सेभ द सप्तरीद्धारा अस्पताललाई टेन्ट हस्तान्तरण
२८ बैशाख २०७८, मंगलवार १५:५८
राजविराज । कोभिड १९ को दोश्रो लहर अन्र्तगत कोरोना भाइरसबाट जोगिनको लागि यहाँको अस्पताललाई आज दुई वटा टेन्ट हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा राजविराजस्थित गजेन्द्र सिँह अस्पताललाई उक्त दुई वटा टेन्ट प्रदान गरिएको सेभ द सप्तरीले जनाएको छ । स्वास्थ्यकर्मी तथा आमजन समुदायिका कोरोना पिडितहरुको सहयोगका लागि उक्त टेन्ट प्रदान गरिएको हो ।

करिब रु दुई लाख ३२ हजार २०० सयको अनुमानित टेन्ट गजेन्द्र नारायण सिँह अस्पतालका मेडिकल सुपरिटेन्डेन रंजीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल,प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला,स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव,सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव,बिदया मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया