प्रधानमन्त्री ओलीलाई जनमोर्चाले पनि विश्वासको मत नदिने – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीलाई जनमोर्चाले पनि विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

संसद बैठकमा बोल्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफूहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएकी हुन् । प्रतिनिधि सभामा जनमोर्चाको एक जना सांसद रहेको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक काम गरेकाले आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनको भनाई छ ।