ओलीलाई उपेन्द्र यादवको प्रश्न : ‘अब बजेट पनि अध्यादेशबाटै ल्याउने होला ?’ – Nagarikabhiyan : National News

ओलीलाई उपेन्द्र यादवको प्रश्न : ‘अब बजेट पनि अध्यादेशबाटै ल्याउने होला ?’

काठमाडौं। जसपाका अध्यक्ष उपेन्द्र यादवले अब बजेट, नीति तथा कार्यक्रम पनि अध्यादेशमार्फत् नै ल्याउने की भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैंकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब बजेट, नीति तथा कार्यक्रम पनि अध्यादेशमार्फत नै ल्याउने की भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।

पछिल्लो समयमा सरकारले लोकतन्त्रको संसदीय व्यवस्थालाई नै बेवास्ता गर्दै क्रमिक रुपमा अध्यादेशमार्फत् विधेयक तथा कानूनहरु भटाभट ल्याइरहेको भन्दै यस तर्फ समेत उनले शंका रहेको बताए।

जसपाका अध्यक्ष  यादवले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरे। यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको  विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको कुरामा अवगत गराउन चाहन्छु।’

यादवले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदै आएपनि उनकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको भन्दै कटाक्ष पनि गरे।

यस्तै यादवले प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए। ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताए।लोकपाटी न्यूज