तिनठाडाहा थानमा २४ घण्टे अष्ठयाम
२६ बैशाख २०७८, आईतवार १६:०७
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियामा रहेको धार्मिक तथा एतिहासिक स्थल तिनठाडाहा थानमा २४ घण्टे अष्ठयाम सम्पन्न भएको छ । इनरुवा ९ बबियाका दामोदर महतोको परिवारले आफ्नो व्यक्तिगत लागतमा तिनठाडाहा थानमा मण्डप निर्माण गर्नुभएको हो । सामाजिक र सांस्कृति उदरदायित्व अन्तरगत मेहताले आफू व्यक्तिगत लगानीमा राजाजी डिहबार अर्थात तिनठाडाहा थानमा २४ घण्टे अष्ठयाम सम्पन्न गरेको हो ।
कोरोनाबाट सबैको रक्षा र परिवारमा कल्याणको कामना गर्दै नयाँ मण्डपमा अष्ठयाम सम्पन्न गरेको महतोको छोरा पन्चनारायण महतोले जानकारी दिनुभयो । वैशाख २४ गते सुरु भएको अष्ठयाम सनिबार साझ सम्पन्न गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया