२० बेडको आइसोलेसन सञ्चालनमा – Nagarikabhiyan : National News

२० बेडको आइसोलेसन सञ्चालनमा

राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० बेडको आइसोलेसन आजबाट सञ्चालनमा ल्याइएको छ ।

बोदे बर्साईन नगरपालिकाले वडा नम्बर ०५ स्थित ईलाका स्वास्थ चौकीको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साईन नगरपालिकामा २० बडको आइसोलेसन सञ्चालनमा ल्याइएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ संयोजक बैधनाथ साहले बताउनुभयो ।

अहिले २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसनमा बढाउने जाने तथा अन्य सुबिधा ,सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताउनुभयो ।

उहाँले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताउदै एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने जनाइएको छ । आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ ।