जनकपुरको बिन्धी चौरमा एक जनाको शव फेला, अनुसन्धान हुँदै
२१ बैशाख २०७८, मंगलवार १५:२३
जनकपुर । जनकपुरको बिन्धी चौरमा एक जनाको शव फेला परेका छ ।
जनकपुरधाम वडा नं २३ बिन्धीको चौर र बसहिया नजिकै पर्ने चौरमा आज बिहान मृत अवस्थामा एक जनाको शव फेला परेको छ ।
मृतक को हो र कहाँबाट छ । कसले मारेर फालेको त्यसको अनुसन्धान इलाका प्रहरी धनुषाले गरि रहेको छ ।
बिन्धी र बसहिया चौरको नजिकैमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना स्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया