धनुषामा १० दिनको लागि लकडाउन आजदेखि सुरु – के गर्न पाइन्छ , के गर्न पाइँदैन ? (सुचीसहित) – Nagarikabhiyan : National News

धनुषामा १० दिनको लागि लकडाउन आजदेखि सुरु – के गर्न पाइन्छ , के गर्न पाइँदैन ? (सुचीसहित)

जनकपुर । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लिएर वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा (लकडाउन) १० दिनको लागि जारी गरेको छ ।


आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सो अनुसार निषेधाज्ञाको अवधि भित्र अति आवश्यक बाहकेक घरबाट नस्किन प्रशासनले आग्रह गरेको छ ।