आज आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै , स्वास्थ्य संकटकाल लगाउने तयारी ! – Nagarikabhiyan : National News

आज आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै , स्वास्थ्य संकटकाल लगाउने तयारी !

काठमाडौंँ । देशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र गतिमा बढेसँगै सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाँकेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो १ः३० बजे खबर आएको ती मन्त्रीले बताए । विकास टाइम्सबाट