जनकपुरसहित धनुषाभरि लकडाउन गर्ने आज बैठक बस्दै
१९ बैशाख २०७८, आईतवार ०९:४४
जनकपुर । जनकपुरसहित धनुषाभरि लकडाउन (निषेधाज्ञा) गर्ने विषयमा अाज जिल्ला संकट व्यवस्थापन समितिको बैठक बस्दै छ ।
कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।
आजको बैठकले जनकपुरसहित जिल्ला भरि निषेधाज्ञा जारी गर्ने विषयमा निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए । हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । दैनि १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।
सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया