सप्तरीमा आइतबारदेखि जोर बिजोर प्रणाली लागु – Nagarikabhiyan : National News

सप्तरीमा आइतबारदेखि जोर बिजोर प्रणाली लागु

सप्तरी । सप्तरीमा आइतबारदेखि जोरबिजोर प्रणाली लागु गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । जिल्लामा संचालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेक सबै सवारी साधनमा यो नियम लागु हुने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।