कोरोना महामारी रोकथामका लागि सरकारसंग काङ्ग्रेसको ११ बुँदे माग – Nagarikabhiyan : National News

कोरोना महामारी रोकथामका लागि सरकारसंग काङ्ग्रेसको ११ बुँदे माग

काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारी रोकथामका लागि निषेधाज्ञालाई पूर्ण रूपमा सदुपयोग गर्न सरकारसँग ११ बुँदे माग गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए।

कांग्रेसले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शय्या, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ।

यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, निषेधाज्ञामा मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन माग गरेको छ।