प्रधानमन्त्री ओलीको नेतृत्वमा रेल आयो तर चलेन – बर्दिबासका स्थानीय जनताको जमिन कब्जा – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीको नेतृत्वमा रेल आयो तर चलेन – बर्दिबासका स्थानीय जनताको जमिन कब्जा

जनकपुर । भारतबाट रेल ल्याउने र सो रेलको स्टेशनका लागि भन्दै सरकारले बर्दिबासका स्थानीय जनताको जमिन कब्जा गरिसकेको छ ।

जनताको सम्पत्ति कब्जा गर्न जति छिटो प्रक्रिया अपनाएका थिए तर आज जब जनताको कुरा सुन्नुपर्ने बेला भएको तब चाहिँ उनीहरु एकले अर्कोलाई देखाउदै जिम्मेवारीबाट पन्छिरहेका छन् । यतिबेला बर्दिबासको जमिन कठ्ठाको करोडौँमा बिक्री भइरहेको छ ।

“आफ्नो जमिन लामो समय देखि राज्यले रोक्का राखिरहेका कारण स्थानीय बासीले न आफ्नो दैनिक काम काज गर्न पाएका छन् न कुनै महत्वपूर्ण काम । जग्गा रोक्का रहेका कारण आफूले चाहे अनुसारको अस्पतालमा उपचार गराउनबाट मात्रै होइन आफ्ना सन्तानहरुलाई बिदेश पढाउन पठाउने अवस्था पनि भएको छैन।” स्थानीय जनताको यस्तो गुनासो रहेकोे छ ।