निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सय वटा सवारी भयो प्रहरीको नियन्त्रणमा – Nagarikabhiyan : National News

निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सय वटा सवारी भयो प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।