डब्लूएचओ चीन केन्द्रित भयो : ट्रम्प
२६ चैत्र २०७६, बुधबार ०९:०३
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन् ।
कोरोना भाइरसकाे महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन् । डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै उनले भनेका छन्– ‘हामीलाई मजाक बनाइयो, संगठनमा अमेरिकाले ठूलो लगानी गरेकाे छ, तर उ चीन केन्द्रित भयो ।’
डब्लूएचओले काेराेना राेकथाममा चीनले राम्राे काम गरेकाे बताएपछी ट्रम्पले कडा अालाेचना गरेका हुन् ।
सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर अाफूले निकै राम्राे काम गरेको भन्दै ट्रम्पले प्रश्न गरेका छन्– ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए ?’ संगठनको कुरा नमानी तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेर राम्राे गरेकाे समेत ट्रम्पले बताएका छन् ।
यसबारे संगठनले भने केही बोलेको छैन् ।
कुरा यस्तो थियो
डिसेम्बर अन्त्यमा पहिलाेपटक चीनको वुहानमा काेराेना भाइरस देखियाे । काेराेना विस्तारै फैलन थाल्याे अरु देशमा पनि ।
त्यसपछि जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दियो । हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो ।
त्यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए । अहिले सीमानाका खुला राख्न भनेकाे भन्दै उनले अालाेचना गरेका हुन् ।
चीनको वुहानबाट सुरु कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ । यसबाट अमेरिका निकै आक्रान्त बनेको छ । सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा देखिएका छन् ।
अहिलेसम्म अमेरिकामा ३ लाख ८३ हजार २ सय जनामा काेराेना संक्रमण देखिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया