आज बिहानैदेखि जनकपुरमा पानी पर्दै, हावाहुरी र चट्याङ् समेत हुँदै
९ बैशाख २०७८, बिहीबार ०७:२५
जनकपुर । आज बिहानैदेखि जनकपुरसहितका स्थानमा पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले प्रदेश-२ लगायत गण्डकी, बागमती प्रदेशमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया