छाेरी बलात्कृत भएकाे थाँहा पाएपछि बाबुले गरे बलात्कारी परिवारका ६ जना सदस्यकाे हत्या – Nagarikabhiyan : National News

छाेरी बलात्कृत भएकाे थाँहा पाएपछि बाबुले गरे बलात्कारी परिवारका ६ जना सदस्यकाे हत्या

भारतकाे आंध्रप्रदेश  राज्यकाे विशाखापटनम जिल्लामा एक व्यक्तिले एकै परिवारका ६ सदस्यकाे हत्या गरेका छन् ।

बिहिबार जिल्लाकाे जट्टादा गाउँमा एक व्यक्तिले एकै परिवाकाे ६ जनाकाे हत्या गरेकाे भारतिय समाचार एजेन्सी एएनआइले जनाएकाे छ ।

समचार एजेन्सीले हत्याका आराेपीले उक्त परिवारका एक सदस्यले आफ्नी छाेरीकाे बलात्कार गरेपछि बलात्कारमा सम्लग्न भएकाे  परिवारका ६ सदस्यकाे हत्या गरेकाे बताएकाे छ ।

समाचारमा बलात्कारका आराेपी अझै फरार रहेकाे जनाएकाे छ ।

हत्याकाे जनकारी पाएसंगै स्थानिय प्रहरीले घटनाकाे जाच गरिरहकाे एजेन्सीले जनाएकाे छ ।