अग्नीपीडित परिवारहरुलाई नेपालगन्ज मुस्लिम समाजका तर्फबाट राहत
३१ चैत्र २०७७, मंगलवार २१:५६
नेपालगन्ज । मंगलबार नरैनापुरका १६५ अग्नीपीडित परिवारहरुलाई राहत सामग्री अर्थात रमजान पैकेज नेपालगन्ज मुस्लिम समाजका तर्फबाट वितरण गरिएको छ ।

मुस्लिम समुदायको महान पर्व रमजान मनाउनका लागि अग्नि पीडित परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ ।
यस पर्वमा गरिब, असहायलाई मानवीय सहायताको दृष्टिले यस्ता सामग्री वितरण सराहनीय रहेको भन्दै नेपालगन्ज मुस्लिम समाजका सदस्य मेराज अहमद हिमालयले केही सप्ताहअघि आएको विनाशकारी अग्निबाट पीडित परिवारको लागि पर्व मनाउनमा सहयोग पुगोस् मध्यनजर गर्दै नेपालगन्ज मुस्लिम समाजका तर्फबाट वितरण गरिएको हिमालयले बताए ।
उक्त राहत वितरण संगसंगै रमजान संगै नंया वर्ष २०७८ को समेत शुभकामना व्यक्त कार्यक्रम पनि भएको थियो । राहत वितरण गरिने स्थलमा यस टीमका सदस्य मेराज अहमद , गुलाम हुसैन (फिरोज) र इरफान अहमद सिद्दिकीले सकृय भूमिका निर्वाह गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया