नेपालमा पत्रकारिता, पार्टीकारिता र चाकरीता – Nagarikabhiyan : National News

नेपालमा पत्रकारिता, पार्टीकारिता र चाकरीता

नेपालमा पत्रकारिताको विकास भएको सात दशक भएको छ । तर पत्रकारितामा नैतिकता, इमान्दारिता र पेशागत मर्यादा शिशु अवस्थामै रहेको छ । पत्रकारिता क्षेत्रमा नीतिहरु रहेको भएपनि पत्रकारहरुमा नैतिकता अभाव भएको देखिन्छ । यसमा पत्रकारहरु पत्रुकार बनेको, पार्टीहरुले पत्रकारलाई पार्टीको हनुमान र दुतका रुपमा पालेको अनि पार्टी र सत्ताको चाकरी गर्नेहरुलाई काखी च्याप्ने प्रविति हावी भएकाले प्रवेशको बखत इमान्दार देखिएका पत्रकारहरुमा पनि पछि नैतिकताको संकट र पेशागत दक्षता अनि मयार्दाको अभाव रहेको देखिन्छ । नेपालको सञ्चार क्षेत्रमा पत्रकारितालाई उत्कृष्ट साधनको रुपमा सम्मान गरेको छ । जसलाई वि.सं. १९०८ बाट सुरुवात भएको भनी देखाइएको छ तर आजसम्म आइपुग्दा पनि त्यस क्षेत्रसँग जीवन खोज्नेहरुले खासै केही प्राप्त गरेको अपवाद रुपमा देखिँदैन ।

मलिक मोटाउने पत्रकारिता रहेकोले पार्टीकारिता र चाकरीता समेत उतीकै फस्टाएको छ । इतिहासलाई खोत्लदा वि.सं. १९०८ मा नेपालमा पहिलो पटक तत्कालिन प्रधानमन्त्री जंगबहादुरले बेलायतबाट गिद्धे प्रेस अर्थात् हाते प्रेस नेपाल भित्र्याएको थियो । त्यो इतिहास हेर्ने हो भने आज झण्डै डेढ सय वर्षको कालान्तरमा पनि खासै भिन्नता पाइएको छैन भन्दा पनि फरक पर्दैन । समयचक्र अनुसार १९५८ मा गोरखापत्र र २००७ सालमा रेडियो नेपाल र २०४२ माघ १७ गते नेपाल टेलिभिजनले पत्रकारिता क्षेत्रमा ढोका उघारेको देखिन्छ ।

यो इतिहास केलाउने हो भने पत्रकारिताभित्र मौलाएको मन्द खेतीले खासै उपलब्धी हासिल गरेन भन्दा पनि हुन्छ तर २०४६ सालको राजनीतिक परिवर्तनले पत्रकारिता क्षेत्रमा अनुकरणीय फड्को मार्ने युगको रुपमा आफूलाई स्थापित त ग¥यो तर व्यवस्थित भने ग¥यो भन्ने अवस्था रहेन । जसको प्रतिबिम्ब बनेर पत्रकारितामा जीवन खोज्नेहरु आज पनि भौतारिरहेको अवस्थाले पुष्टि गर्दछ । नेपालको पत्रकारितामा आफूलाई कति पारदर्शी, कति जिम्मेवारी र उत्तरदायी बनाउन सक्यौं भन्ने विषयमा हामी स्वयं जिम्मेवार बन्नु आजको पहिलो आवश्यकता देखिएको छ ।

 

पत्रकारिता गर्ने श्रमजिविको हातमा आफ्नो मिडिया नभएको अवस्था र मिडिया मालिक संचाककहरु पर्टीमा आस्थावन भएको र चाकरी गर्नेलाई नोकरी दिएको अनि श्रमशोषण गर्ने गरेको कारणले चाकरीता पनि उतिकै मौलाएको छ । पत्रकारिता क्षेत्रभित्र मौलाएका विकृति, विसंगतिका विरुद्ध आवाज बुलन्द गर्नुको सट्टा स्वतन्त्रताका नाममा मलजलको खेती गर्नेहरुबाट स्वतन्त्र पत्रकारिता गर्नेहरु जोगिनुपर्ने अवस्था आएको छ । जसबाट कतै पत्रकारिता गर्दागर्दै कसैको निशाना पो बनिदिनुपर्ने हो कि भन्ने निराशाहरु छन् । यसबाट सञ्चार माध्यम, पत्रकारिता, स्वयं पाठक।

स्रोता, दर्शक समेत संयमको विकल्पमा जिउन विवश त छैनन् भन्ने अनुत्तरित प्रश्नहरु सिर्जना भएका छन् । कुनै पनि संघ संस्थाहरु ति संघ संस्थासँग आबद्ध किन हुन्छन् ? खोजीको विषय टड्कारो रुपमा अगाडि आएको छ । पछिल्लो समय नेपाली पत्रकारितासँग घनिष्टता स्थापित आफ्नो छाता संगठनले वर्षभरि अथवा कार्यकालभरि गरेका गतिविधिका बारेमा लेखाजोखा गर्ने संगम थलोको रुपमा लिइने नेपाल पत्रकार महासंघको साधारण सभालाई पछिल्लो समय कर्मकाण्डीको एउटा स्वरुप दिन थालिएको छ ।

जो विधि प्रक्रिया पार गरेर गएको हुन्छ । जहाँ आफ्ना मनमा लागेका गुनासाहरु पोख्ने मञ्चको रुपमा पत्रकारहरुले उपयोग गर्न पाउने एउटा खुल्ला बहस गर्ने स्थानको रुपमा उपयोग गर्ने थलोको रुपमा मानिन्छ । अन्याय, अत्याचार, शोषण, उत्पीडनको एउटा संयोजनको रुपमा प्रयोग हुने उक्त थलोबाट निस्किएको निचोड नै पत्रकारहरुले आफ्नो मन बहलाउने चौतारीका रुपमा लिने गर्छन् तर नेपाल पत्रकार महासंघले उक्त चौतारीमा पिपल होइन, निलकाँडा रोपेर पत्रकारहरुको घाउमा नुनचुक दल्ने परम्पराको श्री गणेशाय नमः सुरु गरेको छ ।

यो अवस्थामा साधारण सभा, अधिवेशन र महाधिवेसन वा महासघको नेतृत्व नै केका लागि ? किन ? के आफ्ना पिडाहरु राख्ने थलोको रुपमा विकास गर्न नदिनु पछिल्लो समय पत्रकारिताको धर्म भएको छ । बिडम्बना ! नै भन्नुपर्ला एउटा फाँसीको फण्डामा लर्किन तयार रहेको अपराधीलाई त अन्तिम इच्छा सोधिन्छ तर पत्रकार जसले यो मुलुकमा आमूल राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन समेत उत्सर्जन गर्न पछि परेनन् । समयले मागेको खण्डमा आफूलाई बलिदानी दिन पनि पछि हटेनन् तर तिनै पत्रकारहरु आफ्ना हक, अधिकारका बारेमा बोलिदिने निकायबाट अधिकार बञ्चित हुन विवश छन् ।

यो अवस्थामा यस किसिमका कर्मकाण्डी सीमित व्यक्तिहरुको पृष्ठपोषणभन्दा अरु कुनै अर्थ राख्दैन । जुन किसिमका हर्कतहरु प्रस्तुत हुँदै आए, ति हर्कतहरुले पत्रकारिताभित्र अधिनायकवादको विषारोपण गर्ने खेतीको रुपमा स्थापित भएको छ । जसले यर्थाथमै पत्रकारिता गर्नेहरुका लागि बेल पाक्यो कौवालाई हर्ष न विस्मात् भएको छ । पत्रकारिताको क्षेत्रमा देखिएको बेथितीका बारेमा अब त्यस्तो कुनै निकाय छ जस्तो लाग्दैन, जसले न्यायका लागि आवाज बोलिदिने साधन छैन । जसले जति ज्यादती गर्न सक्यो उही समाजको प्रतिष्ठित अनुहारको रुपमा स्थापित हुँदै जाने संस्कारले यसैमा जीवन खोज्नेहरु विस्तापित हुनुको विकल्प छैन । स्वयं आफ्ना पिडाहरु लुकाएर बाँच्न कति सकिन्छ भन्ने मात्रै हो ।

नेपालमा पत्रकारिता किन पार्टीकारिता भए ?

नेपालमा सत्ता बस्नेहरुले पत्रकारलाई कारिन्दा ठानेको र पार्टीहरुले पत्रकार वा मिडिया हाउसमा लगानी गरेर बेलाको बोली बोल्न लगाउने, आफ्नो कम्जोरीहरु लुकाउने प्रवृति हावी छ । जनसम्म आफू पत्रकार निर्भिक , निडर र स्वतन्त्र हुदैन तवसम्म कुनै पनि सवाललाई सही समयमा, सही तरिकाले, सही अवसरमा उठान गर्न सक्दैन ।

अहिलेको तितो यर्थात मोफसलदेखि केन्द्रिय संचार माध्यमहरु अपवादमा बाहेक कमाई खाने भाडोको रुपमा लिएको, कालो धन सेतो पार्ने माध्यमको रुपमा लिएको देखिन्छ । त्यसमा आफ्नो पार्टीकारीता र चाकरीताको पर्दशन गर्नेहरु टिक्छन होईन भने वाईपास हुन्छन् । यो गर्दा त्यहाँ उत्पालन भएका पत्रकारहरु पनि पत्रकारिता त स्वतन्त्र, निष्पक्ष र जनमैत्री तरिकाले गर्न पाउदैन पाउदैन । पेशागत हकमितको सुरक्षा गर्ने , वकालत गर्ने नाममा गठन भएको नेपाल पत्रकार महासंघ पनि उही मालिकको घेराबन्दीमा परेको देखिन्छ ।

हालै सम्पनन भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा ९० प्रतिशत अनुहार मालिक पत्रकारहरुको छ भने केही पार्टीको पूर्णकालिन चाकरी गर्ने बाचा कसम खाएकाहरु मात्रै छन् । उनीहरुले प्रगतिशिल, प्रजातान्त्रिक र लोकतान्त्रिक कुन कुन नाममा सुनौलो नारा दिएपनि उनीहरुमा यर्थात चाकरीता, पार्टीकारीता लुकेको छ । बोलीमा लुकेको भएपनि व्यवहारमा घाम झै छर्लग देखिन्छ ।

नेपाली पत्रकारितालाई बदनाम गर्ने काम समेत पार्टीकारिता गर्नेहरुले गरेको छ । सरकार नियन्त्रीत संचार माध्यम सरकारको नेतृत्व गर्ने पार्टीबाट निर्देशित हुन्छ भने सत्ता बाहिरका दलहरुले प्रत्येक जिल्ला, पाकिला वा प्रदेशमा आफू नियन्त्रित संचार माध्यम टेलिभिजन, पत्रपत्रिका र रेडियो तथा अनलाईन संचालन गरेको अवस्था छ । ती सबैमा काम गर्नेहरु श्रमजिवि भएपनि उनीहरुले न समयमा श्रम पाएका छन् न खुलेर संचारकर्मीको भुमिका निर्वाह गर्न पाएको छ ।

यही भएर महासंघलाई पेशागत संस्थाहरुको छाता संगठनको दावी गरिएको छ । तर यसको चरित्र म आफै दुई दशक त्यसभित्रमा बसेर कुनै न कुनै जिम्मेबारी वा बाहिरबाट पनि प्रत्यक्ष अनुभव गर्दा त्यहाँ अपवादमा बाहेक विशुद्ध श्रमजिविहरु छिर्नै पाउदैन , एकआध जना छिरेपनि उसको भुमिका नै रहन दिदैन वा वहुमतको नाममा बेवास्त ागर्ने गरिन्छ । पत्रकार महासंघ पूर्ण त पार्टीका नेताहरुको हातमा कि त मालिकहरुको कारिदाँको हातमा कि त पूर्ण हनुमान चालिसा गाउनेहरु भजनमण्डीहरु वा चाकरी गर्नेहरु मात्रै पदमा पुगेको देखिन्छ । यसको उदाहरण यसपालीको संघीय, प्रदेश र जिल्ला महासंघको निर्वाचित नेतृत्वकर्ताहरुको अनुहार नै हो ।