ठूला शहरका विद्यालयमा १ महिना अनलाइनबाट नै कक्षा संचालन गराउन मन्त्रालयको सुझाव – Nagarikabhiyan : National News

ठूला शहरका विद्यालयमा १ महिना अनलाइनबाट नै कक्षा संचालन गराउन मन्त्रालयको सुझाव

काठमाडौँ ।  काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय १ महिनासम्म  बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सिफारिस गरेको छ ।

यो महिना भित्रमा अनलाइनबाट नै कक्षा संचालन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।