४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई कोरोनाको खोप लगाईंदै
३१ चैत्र २०७७, मंगलवार ११:०३
जनकपुर । देशभर आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई कोरोनाको खोप लगाईंदै छ ।
चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ ।
पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया