अखिल नेपाल महिला संघको प्रदेश-२ स्तरीय भेला जनकपुरमा सम्पन्न – Nagarikabhiyan : National News

अखिल नेपाल महिला संघको प्रदेश-२ स्तरीय भेला जनकपुरमा सम्पन्न

जनकपुर । आज (सोमबार) अखिल नेपाल महिला संघको प्रदेश-२ स्तरीय भेला जनकपुरको यात्री निवास हलमा सम्पन्न भएको छ ।


उक्त भेलाको प्रमुख अतिथिको रूपमा माधवकुमार नेपाल , घनश्याम भुजाल र सांसद, केन्द्रिय नेता , प्रदेश-२ का सांसद तथा ८ औं जिल्लाका महिला नेतृ र युवा नेताकार्यकर्ता एवं विद्यार्थी नेता लगायत ५०० भन्दा बढीको उपस्थितिमा संगठन विस्तार तथा महिला अभियान अन्तर्गतको कार्यक्रम सम्पन्न भएको थियोे ।


भेला कार्यक्रममा वरिष्ठ नेता नेपालले महिला हिंसा र महिला विरोधी गतिविधिहरुमा झन् बढोत्तरी हुँदै गएको परिस्थितिमाथि प्रकाश पार्दै यसको सामनाका लागि महिला सचेत रुपमा संगठित हुँदै संघर्षमा अघि बढ्नुपर्ने कुरामा जोड दिनुका साथै महिला नेतृहरु केन्द्रमा मात्र नभई प्रदेश, जिल्ला, नगर नगरमा अब नयाँ र सबल नेतृत्व निर्माण गर्नुपर्ने बेला आएकोले उनले स्पष्टीकरण गर्नुभएको थियो ।


समाजमा महिलाविरोधी वातावरण र गतिविधि बढ्दै जानु र संहिताहरुमा अंश र बंशका बारेमा महिलालाई वास्तविक अधिकार दिन अनकनाउनुले महिला अधिकार प्राप्तिका लागि अझैं मार्ग प्रशस्त हुन नसकेको कुरामा एक केन्द्रिय नेतृले प्रकाश पार्दै यस्तो विकराल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।