गोंगबुको एक गेस्ट हाउसमा शव फेला – Nagarikabhiyan : National News

गोंगबुको एक गेस्ट हाउसमा शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबु मित्रनगरमा रहेको सन्तोषी गेष्ट हाउसमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । शव स्याङ्जा घर भएका नारायण घर्तीको रहेको प्रहरीले जवनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।