भारतमा १ लाख १२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण
८ जेष्ठ २०७७, बिहीबार ०७:४९
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ ।
एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १३२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया