सिलाई कटाई तालिम सुरु – Nagarikabhiyan : National News

सिलाई कटाई तालिम सुरु

देवानगञ्ज ।  सुनसरीको देवानगञ्ज गाउँपालिका ७ राजगञ्ज सिनुवारीमा सिलाई कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोगमा एक महिने सिलाईकटाई तालिम सुरु भएको हो ।

दलित जनजारण उत्थान केन्द्र हरिनगर सुनसरीको आयोजना र देवनागञ्ज गाउँपालिका ७ नम्बर वडा कार्यालयको सहयोगमा एक महिने सिलाई कटाई तालिम सुरु भएको हो । सिलाई कटाई तालिमको उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुणमणी गुरागाईले गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै गुरागाईले सिलाई कटाई तालिमले महिलाहरु तथा युवतीहरुलाई स्वरोगार बन्नका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी वडा अध्यक्ष बद्री प्रसाद यादवले सिलाई कटाई तालिमको माध्यमबाट महिलाहरुलाई स्वरोजगार बनाउने र आय आर्जनमा सहयोग गर्ने बताउनुभयो ।

वडाका महिलाहरुलाई लक्ष्ति गरेर सिलाई कटाई तालिम सुरु गरेको यादवको भनाई छ । शुक्रबार सुरु सिलाई कटाई तालिम बैसाख २८ गतेसम्म संचालन हुने जनाएको छ । उद्घाटन कार्यक्रममा वडा सदस्यहरु शुभनारायण यादव, रेखा सरदार, रतनी देवी मलाहा, नुनुलाल यादव , चनरदिप मुखिया, आयोजक संस्थाका अध्यक्ष नारयाण राम प्रशुुराम दास , ट्रेनर पुनम देवि दास सहितको उपस्थिती रहेको थियो ।

सुरु भएको सिलाई कटाई तालिममा वडाका ३० जानको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । वडाले यसै प्रकारका अन्य कार्यक्रम समेत गर्ने तयारी गरेको वडा अध्यक्ष बद्री प्रसाद यादवले बताउनुभयो ।