नेपाल पत्रकार महासंघको चुनावमा अहिलेसम्म ६० प्रतिशत मतदान खसे
२५ चैत्र २०७७, बुधबार १५:३०
काठमाण्डाै । आज देशभरका ७७ औं जिल्लामा नेपाल पत्रकार महासंघको चुनाव जारी छन् ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म ६० प्रतिशत मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भइरहेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया