विद्यालय भवन निर्माण गर्न ४ करोड २९ लाख भारतबाट सहयोग
२४ चैत्र २०७७, मंगलवार १२:४०
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न भारतले चार करोड २९ लाख अनुदान सहयोग दिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच विद्यालय भवन निर्माण सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भवन निर्माण कार्य अघि बढाइएको भारतीय दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया