विकास, सशक्तिकरण र शिक्षाको विषयमा स्थानीय तहसंग मुस्लिम आयाेगकाे समन्वय – Nagarikabhiyan : National News

विकास, सशक्तिकरण र शिक्षाको विषयमा स्थानीय तहसंग मुस्लिम आयाेगकाे समन्वय

काठमाडौ । सुनसरी जिल्लाका १२ वटै स्थानीय तहका स्थानीय सरकार प्रमुखहरूसंग मुस्लिम आयाेगले सोमबार धेरै विषयहरुमा­ अन्तरक्रिया गरेका हुन् ।

इनरूवा स्थित रहेको सुनसरी जिल्ला समन्वय समितिकाे सभा हलमा मुस्लिम अायाेगले स्थानीय सरकार प्रमुखहरूसंग मुस्लिम समुदायकाे सशक्तिकरण लगायतका विषयहरुमा कसरी समन्वयात्मक ढंगले अगाडि बढ्नेबारे अन्तरक्रिया गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का उद्याेग, पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले अाफूले २०५२ देखि नै मुस्लिम समुदायकाे सशक्तिकरण र विकासमा लागेकाे बताउँदै मुस्लिम महिलाकाे शिक्षामा जाेड दिनुभयाे । उहाँले भन्नुभयाे, “नेपाल बहुसांस्कृतिक मुलुक हाे । मुस्लिम समुदायकाे विकास बिना देशकाे विकास हुन सक्दैन ” उहाँले बताए ।


मुस्लिम समुदायकाे विकास, सशक्तिकरण र शिक्षा लगायतका विषयमा मुस्लिम अायाेग र स्थानीय निकायबीच समन्वय गरी स्थानीय निकाय प्रमुखहरूसँग सहकार्य गर्न अन्तरक्रिया कार्यक्रम गरेको अायाेगका अध्यक्ष शमीम मियाँ अन्सारीले बताउनुभयाे । “सुनसरीमा देशकै सबभन्दा ठूला र सबभन्दा धेरै मद्रसाहरू भएकाले यहाँका पालिकाहरूमा पनि मद्रसाकाे विकासका लागि झन् बढी गम्भीर हुनुपर्ने अध्यक्ष अन्सारीले बताउनुभयो । साथै गत हप्ताका दिन राजपत्रमा भएको घटनाबारे प्रधानमन्त्रीले ईद र बक्रईदकाे विदा पुनर्स्थापना गर्न अादेश दिइसकेको र उक्त दिनहरूमा देशभरका कार्यालयहरू बन्द हुने गरी विदा हुने उहाँले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तथा संविधानसभा सदस्य माेहम्मद जाकिर हुसैनले भन्नुभयाे, “मुस्लिम अायाेग संवैधानिक अंग भएकाेले उसले एउटा फ्रेममा काम गरेकाे हुन्छ । अायाेग चुकेकाे ठाउँमा खबरदारी गर्नुपर्छ । तर, खबरदारी गर्नेले अायाेगलाई शक्तिशाली बनाउन रचनात्मक सहयाेग त्याे भन्दा बढी गर्नुपर्छ । गाउँपालिकाहरूले मुस्लिम समुदायका मद्रसा, मस्जिद, ईदगाह र कब्रिस्तान अादिकाे लागि नियमित बजेट बिनियाेजन गर्नुपर्छ । ईद र बक्रईदकाे विदालाई देशभर हुने विदाबाट समुदाय मात्रले पाउने सार्वजनिक विदाकाे क्याटाेगरीमा खुम्च्याएर वर्तमान सरकारले मुस्लिम समुदायकाे अधिकार कटाैति गरेकाे छ । र, यसमा अायाेग पनि चुकेकाे उहाँले बताए ।

अायाेगका सदस्य माेहम्मदीन अलीले अायाेग मुस्लिम अधिकारकाे विषयमा गम्भीर भई काम गरिरहेकाे र स्थानीय स्तरमा पालिकाहरूसँग सहकार्य गर्न चाहेकाे विषयमा प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गर्नुभयाे । साथै कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकार उमेश खडकाले मुस्लिम समुदायकाे उत्थान, विकास र सुरक्षाकाे विषयमा अाफू सहकार्य गर्न तत्पर रहेकाे बताए ।

कार्यक्रममा मुस्लिम अायाेगका सचिव सुनिता नेपालले मुस्लिम समुदायकाे अबस्था र अायाेगकाे गतिबिधि र रणनीतिक याेजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभयाे । साथै कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रसाद चाैधरी, हरिनगर गापाका अध्यक्ष गफ्फार अन्सारी, काेशी गापाका अध्यक्ष एेयुब अन्सारी, काेशीका उपाध्यक्ष अनिता यादव लगायतले मन्तव्य राख्नुका साथै सहभागीहरूले विभिन्न सवालहरू राखिएका थिए ।

अायाेगका अध्यक्ष अन्सारीले उठेका सवालहरूकाे उत्तर दिंदै अायाेग जनताकै सुझावबाट अगाडि बढ्ने समेत बताए ।