काठमाडौं उपत्यका लगायत दर्जनौं जिल्लामा भुकम्पको धक्का महशुस
२३ चैत्र २०७७, सोमबार २१:३०
काठमाडौ । अहिले राति ९ बजेर ७ मिनेटमा काठमाडौं उपत्यका लगायत दर्जनौं जिल्लाहरूमा भुकम्पको धक्का महशुस भएको छ ।
भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालको धेरै जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काठमाडौ ,सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभा, सिरहा, धनुषा सहितका जिल्लाहरुमा पनि महसुस भएको छ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया